HMC

GangaJamuna Temple

Religious destination in Laprak

Updated: March 20, 2024 02:50 PM

GangaJamuna Temple is located in Laprak (Village in Nepal), Nepal. It's address is 3WQ8+353, Baseri 45100, Nepal.

3WQ8+353, Baseri 45100, Nepal

+977 986-0019022

Questions & Answers


Where is GangaJamuna Temple?

GangaJamuna Temple is located at: 3WQ8+353, Baseri 45100, Nepal.

What is the phone number of GangaJamuna Temple?

You can try to calling this number: +977 986-0019022

What are the coordinates of GangaJamuna Temple?

Coordinates: 28.0876291, 84.9154189

GangaJamuna Temple Reviews

Raj Kumar Tandukar
2021-11-15 14:52:40 GMT

Wonderful sacred place of goddess Gangajamuna in the northern part of Dhading district. Best to visit during Mela which is held every year on the day before Haribodini Ekadasi.

Yatri para
2020-11-03 02:10:02 GMT

amazing place to relaxing your mind,body and soul ❤

Ryokou Neparu
2021-07-12 14:54:46 GMT

Best place to be at...
#Om

Kazzi
2022-01-07 18:23:14 GMT

Great

Saroj Simkhada
2023-12-05 04:39:42 GMT

Lovely

Kiran Basnet
2020-10-30 09:33:18 GMT

Love this place especially the two jharnas just wow

Deepak Aale
2019-10-02 08:07:56 GMT

its a amazing water fall in this place love it💖

Bishal Shrestha
2020-02-01 13:37:59 GMT

Love the place beautiful and top view

pream kshetry
2022-08-14 00:40:46 GMT

Mystical natural energy point

Deepak Gindel (dm)
2019-08-02 07:37:31 GMT

Lovely n peacful,

Some Facts
2021-11-15 10:11:32 GMT

Best place to visit.

Jenish Lama
2022-12-12 07:27:14 GMT

Heaven

Ajit Kunwar
2022-11-03 07:19:05 GMT

Love it

Shyam Sigdel
2021-04-09 16:54:59 GMT

Great Place

Sanjay Nepal
2019-09-21 06:52:29 GMT

I personally love this place. I have been here for praying, Jatra and melaas. Such an amazing waterfall surrounded by beautiful greenery and nature. ❤🇳🇵

धादिङ – मानिस धर्म गर्न जाँदा रमाइलो होस् भन्ने ठान्दछन् भने गङ्गाजमुना झरना धादिङ, गोरखा, रसुवा नुवाकोट र काठमार्डौ, चितवन मकवानपुरका लागि उपयुक्त स्थान हो ।
पहाडको माथिबाट ठूला दुई झरना निरन्तर झरिहन्छ । सबै गाउँवासीले देखेर होइन आफ्ना पूर्खाले भोगेर कथा जसरी सुनाएर झरनाको महत्व सुनाउँदा प्रफुल्लित हुने यो झरनामा हरेक वर्ष ठूलो मेला लाग्छ ।

दुई झरना ठूलो गङ्गा र सानो जमुना झरनाको रूपमा परिचित छ । पारि डाडाँबाट छङछङ झरिरहेको देखिन्छ । पौराणिक तथा धार्मिकरूपले प्रसिद्ध मानिएको गङ्गाजमुना झरना उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–५ मा पर्दछ ।

गाउँपालिकाको नामसमेत पहिचानका लागि यही झरनाको नामबाट राखिएको भए पनि प्रचारप्रसार र प्रवद्र्धनको अभावमा उल्लेख्य मात्रामा पर्यटक तान्न सकिरहेको छैन ।

वरिपरिको गाउँमा पानी नपरेको अवस्थामा पानी पार्न यो झरनामा जलधारा गरेपछि पानी पर्छ भन्ने विश्वासमा मूलपानी, फूलखर्क, बुढाथुम, आगिनचोक, सल्यानकोटवासी वैशाख जेठमा भगवानसँग पूजा गर्छन् । हरेक वर्ष हरिबोधनी एकादशी (ठूली एकादशीं) को दिन यहाँ ठूलो मेला लाग्छ ।

अघिल्लो दिन नै मानिस यहाँ मनोकांक्षा पूरा हुने हेतुले बत्ती बाल्न आउँछन् । रातभर जाग्राम बसेर बत्ती बालेपछि भोलिपल्ट नुहाइधुवाई गरेर महादेवको पूजा गर्ने चलन छ ।

यहाँ देशका धेरै ठाउँबाट मानिस मेला भर्न आउँछन् । पूजा गर्छन् र आफूले चिताएको कुरा मागेमा पूरा हुन्छ भन्ने विश्वासमा मानिस भाकल पूरा गर्नसमेत आउने गर्छन् । भक्तजनले फूलको डोली, जिउँदो परेवा र गाईको दूध चढाएर आफूले चाहेको कुरा माग्छन् । यो पूरा हुन्छ भन्ने मान्यता छ ।

काठमाडौंमा रहेको पर्यटकीय यो झरना हेरेर दुई दिनमै काठमाडौँ फर्किन सकिन्छ । काठमाडौंबाट एक सय किलोमिटरको यात्रा तय गरेपछि धादिङबैँसी पुगिन्छ । धादिङबैंसीबाट सल्यानटार ३० किलोमिटर पार गरेपछि २५ किलोमिटरको दूरी फूलखर्क हुँदै सुकभञ्ज्याङसम्म कच्चीबाटो जानुपर्छ । यो यात्रामा पनि अन्य पर्यटकीय र ऐतिहासिक स्थान हेर्न सकिन्छ ।

सल्यानटार पुगेपछि रानीपौवा ऐतिहासिकस्थल हो । नजिकै पाँचधारे छ । रानीपौवा पृथ्वीनारायण शाह गोरखाबाट नुवाकोटतर्फ जाँदा बाटोमा बास बस्न बनाइएको पाटी हो । पाँचधारे त्यतिखेर पानीको अभाव भएको बेला धारा हालेर पानीलाई व्यवस्थित गरिएको स्थान हो ।

सल्यानटार नेपालको ठूलो टारसमेत भएकाले मौसम सफा भएको बेला ज्यामरुङ क्षेत्रबाट हेर्दा रमणीय देखिन्छ । एउटै टारसम्म बारीका पाटा, केही रुख बिरुवा र टारको बिचबाट सडक छिचोल्ने बाटोले एक पटक हेरेर जो कोही पनि रमाउन सक्छ । सल्यानटारमा फल्ने मास उच्चस्तरको हुने भएकोले माग धान्नसमेत सकिरहेको छैन ।

सल्यानटारबाट फूलखर्कतर्फ जाँदा गोर्खातर्फका डाडाँ सर्लक्क लमतन्न परेर सुतेको देखिन्छ । नजिकै तल रहेको बूढीगण्डकीले डाँडाका फेदलाई समेत आकर्षक बनाएको छ ।

बूढीगण्डकीमा निर्माण हुने एक हजार २०० मेगावाटको जलाशययुक्त जलविद्युत् परियोजना निर्माणपछि भने यो बाटोको यात्रा अझै अविस्मरणीय खालको हुने छ । हरियो डाँडाकाँडा र नजिकै देखिने गणेश हिमाल शृङ्खलाले उकालोमा थाकेको बेलासमेत आराम दिन्छ ।

सुकभञ्ज्याङ पुगेपछि उकालो बाटो हिँड्नुपर्ने हुन्छ । गुरुङ गाउँ पार गर्दै झरना पुग्न हिँडेर दुई घण्टा लाग्छ । अलि विस्तारै जानेका लागि समय बढी पनि लाग्छ । वर्षाको समयमा ठूलो हुने र हिउँदमा अलि सानो पानीको झरनाले सबैको मन लोभ्याउने झरना गङ्गाजमुनाको रूपमा परिचित छ । पहाडको ठाडो ढिस्को उभिएको माथिबाट पानी झर्ने गर्छ ।

पानीको झरना बगिरहन्छ । पश्चितमतर्फ रहेको एउटा स्थानमा कुकुर धारा छ । यसको माथि गङ्गाजमुनामा नुहाइसकेपछि यसतर्फ नुहाउन आउने झक्तजनले सबै पापबाट मुक्ति पाइने भनाइ रहेको र मानिस कुकुरधारामा नुहाउन नपाए पनि मुख धोएर भए पनि जाने गरेका छन् ।     हालै गाउँपालिकाले यसको संरक्षणका गरी पर्यटकीय गतिविधि बढाउन केही काम थालेको छ । कुकुरकै आकारमा यहाँ मूर्ति बाइएको छ ।  यही मूर्तिबाट पानी तल झर्छ । कुकुरधारामा नुहाएदेखि गत वर्षमा जानेर वा नजानेर गरिने पाप क्षय हुने जनविश्वास रहेको छ ।

झरना नजिकै पहराको बिचमा  गङ्जाजमुनाको पूजा गर्ने स्थान रहेको छ । झक्तजन यो ठाउँमा पूजा गर्न जाँदा गत वर्षमा कठिन हुने गरेको थियो । कुनै बाटो नभएकोले पहरालाई समाउँदै जानुपथ्र्यो ।

यसवर्ष गाउँपालिकाले रु ४१ लाख र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले रु ५० लाख खर्च गरेर केही संरचना तयार गरेको छ । अहिले त्यहाँ सिँढी, रेलिङ, ठूला दुई प्रवेशद्वारको निर्माण भएको छ ।

Write a review of GangaJamuna Temple


GangaJamuna Temple Directions
About Laprak
Village in Nepal

Laprak is situated in the northern part of Gorkha, Nepal village development committee in Gorkha District in the Gandaki Zone of northern-central Nepal. Laprak is densely inhabited by Gurungs and few number of Sunars. At the time of the 1991 Nepal census it had a population of 2,165 and had 462 houses in the village. There are more than 600 houses in one village. source

Top Rated Addresses in Laprak